• २५ भदौ २०८३, बिहीबार
  • ११ः०५ राती

विप्लव नेतृत्व पार्टीको निर्णय चुनावमा नजाने, बहिष्कार पनि नगर्ने

प्रकाशित मिति

२०७८ चैत्र १४ गते, सोमबार ११:४२

१४ चैत्र २०७८, काठमाडौँ :  कपिलवस्तुमा जारी केन्द्रीय समितिको बैठकमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनावमा नजाने अनि बहिष्कार पनि नगर्ने निर्णय गरेको हो । बैठकमा महासचिव विप्लवले पेस गरेको स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने प्रतिवेदन पारित गर्दै यो निर्णय गरिएको हो ।

National Life

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय चुनावमा सहभागिता नजनाउने निर्णय गरेको हो। चुनावमा जानुपर्ने विप्लवको प्रस्तावको विपक्षमा बहुमत केन्द्रीय सदस्य देखिएपछि मध्यमार्गी विकल्प खोजिएको नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिएका छन् ।


नेकपाको ६९ सदस्यीय केन्द्रीय समितिमा ४४ जना विप्लवको विपक्षमा देखिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया