• १९ असोज २०८३, सोमबार
  • ९ः२६ राती

श्रद्धा कपुरले रोहन श्रेष्ठसँगको ब्रेकअपको हल्लामा दिइन् प्रतिक्रिया

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०६:१६

१३ चैत्र २०७८, एजेन्सी : बलिउड नायिका श्रद्धा कपुर र रोहन श्रेष्ठ छुट्टिएको अफवाह शुक्रबार बिहानैदेखि चलिरहेको छ । यसैबीच श्रद्धाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छिन् । आफ्नो फोटोमा उनले क्याप्सन लेखेकी छिन्, ‘थप सुनाऊ रुरुरु’ । श्रद्धाका भाइले उनको पोस्टमा लेखका छन्, ‘मिस यू माई लिडल रानी ।’ यद्यपि। श्रद्धा र रोहनले कहिल्यै पनि आफ्नो सम्बन्ध स्वीकारेका छैनन् तर उनीहरुको विवाहको अफवाह पनि उडि नै रहन्छ ।

National Life

श्रद्धाको जन्मदिनको पार्टीमा थिएनन् रोहनः

श्रद्धा कपुर र रोहन श्रेष्ठ, पछिल्लो चार वर्षदेखि सम्बन्धमा भएको बताइन्छ । तर भारतीय मिडिया रिपोर्ट अनुसार रोहन यस वर्ष गोवामा श्रद्धाको जन्मदिनको पार्टीमा समावेश भएका थिएनन् । यी दुई फेब्रुअरीमा अलग्गिएको बताइन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया