• २० असोज २०८३, मंगलबार
  • १ः५१ दिउँसो

शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ : सांसद यादव सरकारी

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०२:०१

‘शिक्षाको गुणस्तरमा सुधार नआएसम्म संसारका कुनै पनि राष्ट्रले प्रगति गर्न सक्दैन‘

National Life

१३ चैत २०७८, काठमाडौं : जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले शिक्षा र स्वास्थ पूर्ण रूपमा निशुल्क हुनुपर्ने बताएका छन् । शिक्षा र स्वास्थ्य राज्यकै दायित्वभित्र परेको हुनाले त्यो पूर्ण निशुल्क तथा गुणस्तरीय हुनुपर्ने कुरामा जोड दिँदै प्रदेश सांसद यादवले सो अभिब्यक्ति दिएका हुन् ।


एक कार्यक्रममा बोल्दै सांसद यादवले संविधानले आधारभूत शिक्षा अनिवार्य र निशुल्क अनि माध्यमिक शिक्षा निशुल्क हुने प्रावधानसहित त्यसलाई मौलिक हकअन्तर्गत राखेपनि कार्यान्वयन नभएको प्रति चिन्ता व्यक्त गरे । निशुल्क गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको वकालत सवैभन्दा धेरै गर्ने कांग्रेस र कम्युनिष्टले पटक–पटक सरकारको नेतृत्व गर्दा पनि त्यसप्रति ध्यान नदिएको उनले गुनासो समेत गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, उनले माध्यमिक तहसम्म शिक्षा अनिवार्य र निशुल्क हुनुपर्ने कुरामा जोड दिएका छन् । श्रीलंका र माल्दिभ्समा स्नातक तहसम्म सरकारी शिक्षा निःशुल्क भएको तर नेपालमा काँग्रेस र कम्युनिस्टले व्यक्तिगत र राजनीतिक स्वार्थका लागि शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेर हुने खानेको हातमा पुर्याई दिएको उनको आरोप छ ।


कुनै सुविधा नभएको एउटा सानो अवासीय भवन भाडामा लिएर चलाएको प्राइभेट स्कुलभन्दा पूर्वाधार, दक्ष जनशक्ति र श्रोत साधनको हिसावले कैयौं गुणा राम्रो सार्वजनिक स्कूलको शिक्षा गुणस्तर नरहेको उनले टिप्पणी गरे । उनले भने, ‘जतिसुकै विकास र समृद्धिको कुरा गरेपनि सरकारी शिक्षाको गुणस्तरमा सुधार नआएसम्म संसारका कुनै पनि राष्ट्रले प्रगति गर्न सक्दैन ।’

प्रतिकृया