• २० असोज २०८३, मंगलबार
  • ५ः३५ बिहान

सिद्धार्थ बैंकद्धारा हेमोडायलाइसिस मेसिन खरिद गर्न ५० लाख सहयोग

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार १२:३७

१३ चैत २०७८, काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले कोशी अस्पताललाई हेमोडायलाइसिस मेसिनहरु प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेण्ट डा. यज्ञराज खरेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले मेसिनका लागि रु. ५० लाख बराबरको सहयोग गर्नेछ ।

National Life

कोशी अस्पतालले उक्त हेमोडायलाइसिस मेसिन अस्पतालमा आउने विरामीहरुको उपचारको लागि प्रयोग गर्नेछ । सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसिस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिकृया