• १६ असोज २०८३, शुक्रबार
  • २ः०० राती

नेपालका लागि रोहितकाे कीर्तिमानी १२६ रन बनाएको खेलमा नेपाल पपुवा न्युगिनीसँग पराजित

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार ०६:००

११ चैत्र २०७८, काठमाडौँ : युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले तीन नयाँ कीर्तिमान बनाएको खेलमा नेपाल पपुवा न्युगिनी ९पीएनजी०सँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन बनायो ।

National Life

नेपालका लागि रोहितले कीर्तिमानी शतक बनाए । १०७ बल खेलेका उनले ७ चौका र ४ छक्काको सहयोगमा १२६ रन बनाए । रोहित नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्नै दोस्रो खेलाडी बनेका छन् । त्यस्तै उनले पारस खड्काको नाममा रहेको ११५ रनको सर्वाधिक रन स्कोरको कीर्तिमान भंग गरेका छन् ।


उनी अब नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनको नाममा १२६ रन रहेको छ । त्यस्तै नेपालका लागि आरिफ शेखले ३४ रनको योगदान गर्दा कुशल भुर्तेलले ३२ रन जोडे । बलिङतर्फ पीएनजीका लागि नोरमान भानुवाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कार्लेस एमिनी र असाड भालाले दुई–दुई विकेट लिए ।

Classic Tech Mobile
Classic Tech Desktop

नोसाइना पोखानले एक विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो । पीएनजीका लागि कार्लेस एमिनीले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले । १०३ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे । उनलाई सोमपाल कामीले ४६ ओभरको दोस्रो बलमा बोल्ड आउट गराए ।


त्यस्तै पीएनजीका कप्तान असाड भालाले ६० रनको अर्धशतकीय पारी खेले । ५५ बल खेलेका उनले ११ चौका प्रहार गरे । उनलाई नेपालका दिपेन्द्र सिंह ऐरीले २६ औं ओभरको पहिलो बलमा बोल्ड आउट गराए । पीएनजीका लागि नोरमान भानुवाले ४७ रन बनाए । उनलाई कमल सिंह ऐरीले क्याच आउट गराए । त्यस्तै जोसन किलाले १३ रनको योगदान गरे ।


त्यस्तै सिमोन एटियालाई कमल सिंहले २ रनमा बोल्ड आउट गराए । ​पीएनजीले चौथो ओभरको अन्तिम बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । पीएनजीका हिरी हिरी ४ रन बनाएर आउट भए । उनलाई नेपालका सोमपाल कामीले क्यच आउट गराएका हुन् । सोमपालको बलमा विकेट किपर अनिल शाहले क्याच गरे ।​ १३औं ओभरको अन्तिम बलमा पीएनजीले आफ्नो दोस्रो विकेट गुमायो । पीएनजीका टोली उरालाई नेपालका दिपेन्द्र सिंह ऐरीले क्याच आउट गारए । दिपेन्द्रको बलमा भिम सार्कीले क्याच गरे ।


उराले ३८ रन बनाए । पीएनजीले २७ ओभरको पहिलो बलमा पाँचौं बलमा चौथो विकेट गुमायो । पीएनजीका सेसे बाउलाई सन्दीपले क्याच आउट गारए । सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरे । रिले हेकुरे पीएनजीको पाँचौ विकेटको रुपमा पेवेलियन फर्किए । उनलाई पवन सरार्फ ४२ औं ओभरको दोस्रो बलमा ३१ रनमा बोल्ड आउट गराएका हुन् ।


आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले आज घरेलु मैदानमा पीएनजीसँग पहिलो एकदिवसीय सिरिज खेलेको हो । यो जितसँगै पीएनजीले सिरिजमा १–० को अग्रता बनाएको छ ।

प्रतिकृया