• १६ असोज २०८३, शुक्रबार
  • २ः०० राती

काठमाण्डौंमा तीन वर्षपछि राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुदैं

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार ०२:४९

सुवास कुँवार,

National Life

११ चैत्र २०७८, काठमाडौँ : नेपाल तेक्वान्दो संघले राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल तेक्वान्दो संघले १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना आगामी चैत्र १८ र १९ गते गर्ने भएको छ । । कोभिड १९ को महामारी र स्वास्थ सुरक्षाका कारण लामो समय देखि रोकिएको खेल गतिविधिहरुलाई सुचारु गरी आगामी दिनमा नेपालको प्रतिनिधित्व गर्ने गरी देश र नेपाली जनताका लागी अन्तराष्ट्रिय प्रतियोगिताहरुबाट पदक हासिल गर्ने सम्भावित योग्य र उदियमान खेलाडीहरुको समेत पहिचान गर्दै अन्तर्राष्ट्रिय सहभागिताको तयारीलाई तिव्र पार्ने उद्देश्यले आयोजना हुने यो राष्ट्रिय प्रतियोगिता खेलाडीहरुका लागि महत्वपूर्ण अवसरका रुपमा रहने जनाइएको छ ।


खेलकुद विकास ऐन २०७७ अनुसार राष्ट्रिय संघहरुले प्रत्येक वर्ष राष्ट्रिय प्रतियोगिताको आयोजना गर्नुपर्ने प्रावधान रहेको र संघको नीती तथा कार्यक्रम बमोजिम वार्षिक रुपमा राष्ट्रिय प्रतियोगिता गर्ने योजना अन्तर्गत राष्ट्रिय प्रतियोगिता हुन लागेको हो । राष्ट्रिय प्रतियोगिताबाटं आगामी दक्षिण एशियाली खेल, एशियाली खेल लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि खेलाडीहरुको पहिचान गर्दै तयारी पक्षलाई द्रुत गतिमा संचालन गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ। यो राष्ट्रिय प्रतियोगितालाई सफलताकासाथ सम्पन्न गर्न नेपाल तेक्वान्दो संघले संघका उपाध्यक्ष भान बहादुर चन्दको अध्यक्षतामा ९ सदस्यीय प्रतियोगिता आयोजक समिति गठन गरेको छ भने प्रतियोगिता आयोजक समितिमा संघका केन्द्रीय सदस्य राम गिरी संयोजक रहनुभएको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रदेश ७ को टिम र ३ विभागीय टिम गरी जम्मा १० वटा टिमका खेलाडीहरुले सिनियर र जुनियर गरि जम्मा २६ स्वर्ण २६ रजत र ५२ कास्य पदकका लागी प्रतिस्पर्दा भएका छन् । यस राष्ट्रिय प्रतियोगिताका लागी फाल्गुन महिनामा विभिन्न जिल्ला तथा प्रदेश टिमको छनौट सम्पन्न भैसकेको छ । प्रतियोगितामा सिनियर तथा जुनियर गरी २६ वटा वजन समूहमा प्रतिस्पर्धा हुने बताए ।


प्रदेश तथा विभागीय समेत १० वटा टिम साथै प्रदेश छनौट प्रतियोगितामा देखिएका उत्कृष्ट तथा उदयमान सम्भावित देखिएका अतिरिक्त ४२ जना समेत गरी करिव ३०० जना खेलाडीहरुको सहभागिता रहने राष्ट्रिय प्रतियोगिताका लागि करीव ३६ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ यस प्रतियोगितामा देखिएका उत्कृष्ट खेलाडीहरु छनौट गरी राष्ट्रिय टिमको निर्माण भै तयारी प्रशिक्षणलाई तत्काल आरम्भ गर्दै नेपालको तेक्वान्दो खेलले प्राप्त गरेको गौरवपूर्ण सफलता र उपलब्धिलाई अझै उत्कृष्ट पार्न नेपाल तेक्वान्दो संघको योजना रहेको कार्यक्रम मार्फत जनाइएको थियो ।

प्रतिकृया