• १७ असोज २०८३, शनिबार
  • ३ः२९ राती

लमजुङमा ग्यास लिक भएर आगालागी, एक घाइते

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार ०८:१०

११ चैत्र २०७८, काठमाडौँ : लमजुङको बेसीशहर नगरपालिका-१० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् । आगो निभाउन खोज्दा नवीनको दुवै हात र खुट्टाका साथै पेटमा आगोले पोलेको छ ।

National Life

आइतबहादुर गुरुङको घरमा बसेका चंखबहादुर गुरुङले पछाडि टिनले छाएको भान्सा कोठामा खाना बनाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा गुरुङ घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।


घाइते गुरुङलाई जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौँ रिफर गरिएको छ । आगलागीबाट २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया