• २६ भदौ २०८३, शुक्रबार
  • ३ः२७ दिउँसो

राजनीतिमा युवाको बढ्दाेआकर्षण : गुल्मीमा २४ वर्षीय युवाको मेयर पदमा उम्मेदवारी

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार ११:४८

९ चैत २०७८, काठमाडौं : राजनीतिमा युवाहरुको आकर्षण बढिरहेको सन्दर्भमा गुल्मीमा २४ वर्षीय युवाले मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको मुसिकोट नगरपालिकाका विपिन विश्वास रायमाझीले मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

National Life

राजनीतिमा नेतृत्व परिवर्तन पटक पटक हुँदा पनि तल्लो तहका नागरिकको जीवनस्तरमा भने कुनै परिवर्तन नआएकाले सो अवस्था परिवर्तनका लागि आफुले स्वतन्त्र उम्मेदवारी दिएको रायमाझीले बताए ।


विभिन्न कालखण्डमा परिवर्तन भएका नेतृत्वको एजेण्डा र कार्यशैली एकै प्रकारको छ। यो क्षेत्रमा वैकल्पिक र साँच्चिकै तल्लो तहका नागरिकको जीवनस्तर सुधार गर्ने नेतृत्वको जरुरत छ त्यही कारण मैले उम्मेदवारी घोषणा गरेको हुँ, उनले भने

Classic Tech Mobile
Classic Tech Desktop

राजनीतिप्रति जनताको बितृष्णा अन्त्य गर्ने र समग्र युवाबर्गको प्रतिनिधित्व गर्ने गरी आफुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको समेत रायमाझीले बताए ।

प्रतिकृया