• 2:46 pm

सुनको मूल्य एघार सयले बढ्यो

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार ११:१९

१० चैत २०७८, काठमाडौं : आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै हिजोको तुलनामा ११ सय रुपैयाँले मूल्य बढेको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको छ ।


यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ । यो हिजो बुधबारको तुलनामा ११ सय रुपैयाँले बढी हो ।हिजो बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ थियो ।


आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार यसको कारोबार मूल्य तोलामा १३ सय ७० रुपैयाँ थियो ।

प्रतिकृया