साङ्ग्रिला र मेराकि हेल्थ सोलुशनबीच स्वास्थ्य सम्झौता
प्रकाशित मिति
२०७८ चैत्र १० गते, बिहीबार ०६:२९
१० चैत्र २०७८, काठमाडौँ : साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र मेराकि हेल्थ सोलुशनबीच बैंकका कर्मचारी, बैंकका ग्राहक तथा कर्मचारीका परिवारलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र मेराकि हेल्थ सोलुशनको तर्फबाट प्रबन्ध निर्देशक आश्रय रन्जितकारले हस्ताक्षर गरे । सम्झौताअनुसार मेराकि हेल्थसोलुशनले बैंकका कर्मचारी, ग्राहक महानुभाव तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका स्वास्थ्य जाँच, भ्याक्सिन, कोभिड पि.सि.आर, भिडियो कन्सल्टेसन, टेली कन्सल्टेशन सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिकाबाट प्रदान गर्नेछ ।
स्वास्थ चेक जाँचमा कर्मचारीहरुलाई १५ प्रतिशत र बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।






प्रतिकृया