• 8:28 am

कक्षा १ देखि १० सम्म निशुल्क ई‐लर्निङको ब्यवस्थामा आइएमई र मिदासबीच सहकार्य

प्रकाशित मिति

२०७८ चैत्र ९ गते, बुधबार ०८:१२

९ चैत्र २०७८, काठमाडौँ : कक्षा १ देखि १० सम्म निशुल्क ई‐लर्निङको ब्यवस्था हुने भएको छ । आइएमई र मिदास एजुकेशन प्रा. लि सँगको सहकार्यमा र्ई‐लर्निङ प्रवद्र्धन अभियान सुरु गरेको हो । सोही अभियान २२ मार्च २०२२ देखि १४ मे २०२२ सम्म जम्मा ५४ दिनको लागि लागु गरिएको छ ।


यस अभियानमा, नेपालमा सफलतापूर्वक विदेशबाट आइएमई मार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ । लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त Link मा Click गरेकाे MiDas eCLASS सरलीकरण शिक्षा एप Install गर्न सक्नुहुनेछ । एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निशुल्क पढ्न पाउने छन् ।


सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक/शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् । तर ई‐क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ । MiDas eCLASS मा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुदै जान्छ भन्ने विश्वासका साथ सोही अभियान सुरु गरिएको हो ।

प्रतिकृया