• १५ असोज २०८३, बिहीबार
  • २ः०७ राती

जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न आह्वान

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ०५:५२

४ चैत्र २०७८, काठमाडौँ : युरोपका पूर्व एवम् वर्तमान राजनीतिक नेताहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न नर्वेको नोबेल शान्ति समितिसमक्ष आग्रह गरेका छन् । ‘त्यसैले हामी तपाई, समितिलाई आग्रह गर्छौँ– राष्ट्रपति जेलेन्स्की र युक्रेनी जनतालाई नोबेल शान्ति पुरस्कारमा मनोनयन गर्न मनोनयन प्रक्रिया मार्च ३१, २०२२ सम्मका लागि पुनः खुला गरियोस् ।’

National Life

मार्च ११ मिति राखेर जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । नोबेल शान्ति पुरस्कारको मनोनयनको म्याद ३१ जनवरीसम्म रहेको बताइएको छ । नोबेल शान्ति समितिले यसबारे कुनै टिप्पणी गरेको छैन । यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३४३ वटा मनोनयन प्राप्त भएको नर्वेजियन नोबेल प्रतिष्ठानलाई उद्धृत गर्दै एफपीले जनाएको छ ।


नोबेल शान्ति पुरस्कार दिइने व्यक्तिको नाम यसै वर्षको अक्टोबर ३ देखि १० सम्म सार्वजनिक हुने बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया