मनहरी बस दुर्घटनामा घाइतेको संख्या १५ पुग्यो
प्रकाशित मिति
२०७८ चैत्र ४ गते, शुक्रबार १२:५३
४ चैत २०७८ , काठमाडौं : मकवानपुरको मनहरीमा भएको बस दुर्घटनामा घाइते हुनेको संख्या १५ पुगेको छ भने मृत्यु भएकाहरुको पहिचान पनि खुलेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर–६ सुनाचुरी भुल चोकमा शुक्रबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ पल्टिदा दुर्घटना भएको थियो ।
दुर्घटनामा २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अहिले घाइतेको संख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा बसका सहचालक नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर–४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई रहेको इलाका प्रहरी कार्यलय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापाले बताए ।
दुर्घटनामा घाइते भएकाहरुको उपचारको लागि चितवन पठाईएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको बताइएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिकृया