• 5:31 pm

अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ०५:०३

२ चैत २०७८, काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालले सिंहलाई “बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५” अनुसार शपथ ग्रहण गराएका हुन् ।


कम्पनीको गत फागुन २९ गते भएको ३३ औँ वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुनर्निर्वाचित भएकी थिइन् ।

प्रतिकृया