• २२ भदौ २०८३, सोमबार
  • ४ः५९ बिहान

स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो, १ लाख जनशक्ति माग

प्रकाशित मिति

२०७८ चैत्र १ गते, मंगलवार ०७:५७

 १ चैत्र २०७८, काठमाडौँ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ। म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म कार्यालय समय (बिहान १० बजेदेखि साँझ ५ बजेसम्म)मा आवेदन दिन सकिने छ।

National Life

म्यादी प्रहरीका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सकिने छ। म्यादीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा २०७८ साउन १ गतेदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिइ शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उतीर्ण भएका व्यक्तिहरु, सुरक्षा निकायमा काम गरी निवृत्तीभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी तथा वन रक्षकहरु, विभिन्न देशमा सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नेपाली नागरिक र विगतका निर्वाचनमा म्यादी प्रहरीको रुपमा काम गरेकाहरुलाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।


चैत १५ देखि म्यादी प्रहरीको छनौट हुनेछ भने अन्तिम नजिता चैत २२ गते प्रकाशित हुनेछ। नतिजा प्रकाशित भएपछि चैत २८ गतेदेखि प्रशिक्षण सुरु हुनेछ। म्यादी प्रहरीको कार्य अवधि बढीमा ४० दिनको हुनेछ । १८ वर्षदेखि ५४ वर्षसम्मका व्यक्तिहरुले आवेदन दिन सक्नेछन्।

Classic Tech Desktop

प्रतिकृया