• २० भदौ २०८३, शनिबार
  • ११ः४० राती

माथिल्लोतहको अध्ययनका लागि स्वास्थ्यकर्मीलाई रहेको अवरोध हट्यो

प्रकाशित मिति

२०७८ फाल्गुन २८ गते, शनिबार १२:०४

२८ फागुन २०७८, काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई माथिल्लो तहको अध्ययनका लागि हालसम्म रहेको अवरोध हटाएको छ। मन्त्रालयले तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मीले जागिरकै दौरानमा माथिल्लो तहको अध्ययन गर्न नपाउने व्यवस्था खारेज गर्दै अध्ययनमा रहेको अवरोध हटाएको हो।

National Life

आफ्नो पदको न्यूनतम शैक्षिक योग्यता भन्दा दुई तह माथिको पदको योग्यताका लागि आवश्यक उच्च अध्ययनमा जाँदा असाधारण बिदा मात्र दिने भन्ने निर्णय मन्त्रालयको फागुन ११ गतेको निर्णयले बदर भएको छ, मन्त्रालयले गरेको निर्णयमा भनिएको छ।


मन्त्रालयले स्वास्थ्यकर्मीको अध्ययनको पाटोलाई रोक्न नहुने र क्षमता विकास तथा वृत्तिविकासमा मद्दत मिलोस भन्दै यसअघि भएको व्यवस्था खारेज गर्दै अध्ययनका लागि बाटो खुला गर्ने निर्णय गरेको हो।

Classic Tech Desktop

मन्त्रालयको यो निर्णयसँगै स्वास्थ्यकर्मीले व्यक्तिगत प्रायसमा शैक्षिक योग्यता बढाउन चाहेमा तहगत अवरोध नहुने र अध्ययनका लागि नियमअनुसार जे बिदा पाउनु पर्ने हो त्यो पाउने भएका छन्। तर यसमा मन्त्रालयले गर्ने मनोनयनमा भने नयाँ व्यवस्था लागू नहुने बताइएको छ।


प्रतिकृया