• २४ भदौ २०८३, बुधबार
  • ४ः१९ बेलुका

रुस फेरि बलियो रुपमा उदाउनेछ : पुटिन

प्रकाशित मिति

२०७८ फाल्गुन २७ गते, शुक्रबार १२:५०

२७ फागुन २०७८, काठमाडौँ : रुसविरुद्ध लगाइएको प्रतिबन्ध पश्चिमा मुलुकका लागि पनि घातक हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । मस्को सबै समस्या समाधान गर्न सक्षम रहेको र बलियो रुपमा उदाउने पुटिनको भनाइ छ ।

National Life

युक्रेनमा रुसले भन्दै आएको सैन्य अपरेशनको विकल्प नभएको पुटिनको भनाइ छ । उनले रुस अल्पकालिन आर्थिक लाभका लागि आफ्नो सम्प्रभुतासँग सम्झौता गर्ने खालको मुलुक नभएको बताएका छन् ।


यी प्रतिबन्धहरु कुनै पनि किसिमबाट लगाउन सकिने थियो,’ पुटिनले बिहीबार भएको रुसी सरकारको बैठकमा भने, ‘केही सवाल, समस्या र कठिनाईहरु छन् । तर विगतमा पनि हामी यस किसिमको अवस्थाबाट बाहिरिन सफल भएका थियौँ । हाल पनि बाहिर आउन सफल हुनेछौँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले अगाडि थपे, ‘अन्त्यमा यी सबैले हाम्रो आत्मनिर्भरता, पर्याप्तता र हाम्रो सम्प्रभुताको वृद्धितर्फ डो(याउँछ । उनको यो भनाइलाई पश्चिमी प्रतिबन्धहरुलाई आत्म पराजितको रुपमा चित्रण गर्न र रुसीलाई आश्वस्त पार्नका आएको विश्लेषण गरिएको छ ।


मस्को एक प्रमुख उर्जा उत्पादक भएको र यसले युरोपको ग्यास आवश्यकताको एक तिहाई आपूर्ति गर्दै आएको पुटिनले बताएका छन् । अमेरिकाले भने रुसी तेलमाथि प्रतिबन्ध लगाइसकेको छ । उसले आफ्नो आवश्यकताको ३ प्रतिशत मात्रै रुसी तेल खरिद गर्दै आएको थियो ।


अमेरिकामा पनि मूल्य उच्च भएको छ, मुद्रास्फीति अप्रत्यासित रुपमा वृद्धि भएको छ र कीर्तिमानी उच्च अवस्थामा पुगेको छ । उनीहरुले यसका लागि आफ्नै गल्ती भएको मान्दै आएका छन् । यस विषयसँग हामीलाई केही गर्नु छैन,’ पुटिनले बताए । (ऐजेन्सी)

प्रतिकृया