आज शुक्रबार नेपाली काँग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन हुँदै
प्रकाशित मिति
२०७८ फाल्गुन २७ गते, शुक्रबार १२:१२

२७ फागुन २०७८, काठमाडौँ : नेपाली काँग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन आज शुक्रबारबाट सुरु भएको छ । विभिन्न कारणले पटक–पटक तय भएर पनि हुन नसकेको नेपाली काँग्रेसको १४ औं महाधिवेशन आजबाट सिन्धुपाल्चोकको चौतारामा हुँदैछ । अधिवेशन अन्तर्गत भोलि फागुन २८ गते नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यक्रम हुने नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले बताए ।
अधिवेशन अन्तर्गतको निर्वाचनका लागि कार्यक्रम तालिका र मतदाता नामावली सार्वजनिक भइसकेको निर्वाचन अधिकृत देव बहादुर महतले जानकारी दिए ।
यस्तो छ निर्वाचन कार्यतालिका
जिल्ला सदरमुकाम चौतारास्थित काँग्रेस पार्टी कार्यालयमा शुक्रवार मनोनयन दर्ताका कार्यक्रम रहेको छ । शुक्रबार दिउँसोबाट मनोनयन दर्ता सुरु हुने निर्वाचन अधिकृत महतले बताए ।
उनका अनुसार शुक्रबार विहान १०ः३० बजदेखि १२ः३० बजेसम्म सरोकारवालासँग छलफलको कार्यक्रम रहेको छ भने त्यसपछि लगत्तै मतदाता नामावली सार्वजनिक गरिने छ ।
दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म मनोनयन दर्ताको कार्यक्रम संचादन गर्ने कार्यतालिका रहेको उनको भनाई छ । ४ः१५ मा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिने र ५ः४५ बजेसम्म उम्मेदवारी माथि दावी विरोधको समय रहेको उनले बताए । साँझ ६ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन अधिकृत महतले बताए ।
अधिवेशन अन्तर्गत मतदानको कार्यक्रम भने शनिवार हुनेछ । बिहान ८ बजेबाट मतदान सुरु हुने र अपरान्ह ३ः३० बजेसम्म चल्ने उनले बताए । अपरान्ह ४ः१५ बजेबाट मतगणना हुने उनको भनाई छ ।
नेतृत्वको लागि ३ जना भिड्दै
जिल्ला नेतृत्वका लागि ३ जना चुनावी दौडमा रहेका छन् । नेतृत्व हत्याउने दाउमा वंशलाल तामाङ, डा. प्रेमध्वज लामा र जंगबहादुर लामा निर्वाचनमा होमीएका छन् । तामाङ संस्थापन इतर पक्षका हुन् भने अन्य दुई उम्मेदवार प्रेमध्वज लामा र जंगबहादुर लामा संस्थापन पक्षका मानिन्छन् ।
प्रतिकृया