• 3:40 pm

संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु, ५ जना घाइते

प्रकाशित मिति

२०७८ फाल्गुन २६ गते, बिहीबार १०:३०

२६ फाल्गुन २०७८, काठमाडौं : संखुवासभाको मादी नगरपालिकाको रामदेवीमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको प्रहरीले जनाएको छ। डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’


मादी नगरपालिका सदरमुकामबाट धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरकोबस दुर्घटनामा परेको हो


दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भनने् स्थानमा दुर्घटना भएको थियो ।


मादी नगरपालिकाका मेयर विदुर कुमार लिंथेपले पनि १४ जनाको मृत्यु भएको र ५ जना घाइते भएको बताए । उनले भने ‘१४ जनाको मृत्यु भएको छ । एकजना बच्चा हराइरहेको भनेर आफन्तले भनिरहेकाले खोजी भइरहेको छ’ ।

प्रतिकृया