• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

खै नारी दिवस ?

प्रकाशित मिति

२०७८ फाल्गुन २४ गते, मंगलवार १२:०७

त्यो…..दिन मात्र मनाउँछु नारी दिवस

९५ वर्षका बुबा बाट बलत्कार भएर मरेकी ति ५ बर्ष कि चमेलीलाई के नारी दिवस ?
वर्षौँ सम्म न्यायको भिख माग्दै दौडिरहेकी ति निर्मलाकि आमालाई खै नारी दिवस ?
दाइजो ल्याइनस् भन्दै जिउँदो शरिरमा आगोले पोल्दै गरेकि बाटुलीलाई के नारी दिवस ?
प्राकृतिक नियम आफ्नै शरिरको रगत बग्दा कालो कोठरीमा रात बिताएकी ति १२ वर्षकि कुमारीलाई के नारी दिवस ?
लाउँलाउँ खाउँखाउ भन्दा भन्दै त्यो छाउगोठमा प्राण त्यागेकि मायालाई खै कुन नारी दिवस ?
एउटै घरमा सासुको पिटाइ खाएर वा बुहारीको पिटाइ खाएर बसेका ति नारीलाई कुन नारी दिवस ?
७० वर्षकि आमालाई बुहारीको कुरा सुनेर वृद्दा आश्रम पुर्याएकी ती आमालाई के नारी दिवस ?
जुन दिन सोझा चेलीबेटीहरूलाई दलालको फन्दामा बुम्बैमा लगेर हजारौंको भाउमा बेचिन रोकिन्छन् ,
हो जुन दिन यी सबै प्रश्नहरुले सार्थकता पाउँछन् ,
जुन दिन महिलालाई कमजोर सम्झेर राखेका महिला कोटा विस्थापित हुन्छन् ,
पुरुष र महिलाबाट महिला जुन दिन हिंसाको सिकारको अन्त्य हुन्छ
हो त्यो दिन मनाउने छु नारीदिवस र दिने छु शुभकामना ।

Kamana Sewa

छोरा भाग्यले पाईन्छ भन्नेहरू छोरि सौभाग्यले मात्र पाईन्छ 👩‍❤️‍👩
बोलिमा होईन व्यवहारमा सुधाराैँ नारिप्रतिको सद्भाव
😍😍

Classic Tech Desktop

करुणा कटुवाल

नेपाली कांग्रेस चौधौँ महाधीबेशनकाे धनुकुटा जिल्लाबाट केन्द्रिय प्रतिनिधि रहेकी लेखक कटुवाल धनकुटा बहुमूखी क्याम्पसमा नेबिसंघको निबर्तमान सभापति पनि हुन् । आवाजबिहीन महिलाकाे आवाज बन्न रुचाउने उनी धनकुटा सिटी जेसीज वर्ष २०२२ को अध्यक्ष समेत हुन् ।

प्रतिकृया