• २१ भदौ २०८३, आइतबार
  • ६ः२१ बिहान

आन्तरिक हवाई भाडा बढ्यो (सूचीसहित)

प्रकाशित मिति

२०७८ फाल्गुन २१ गते, शनिबार ०६:१७

२१ फागुन २०७८, काठमाडौँ : आन्तरिक हवाई उडानको भाडा बढेको छ । फागुन २२ गते आइतबार देखि लागू हुने गरि नेपाल वायुसेवा संचालक संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो । बढेको भाडाअनुसार सबैभन्दा बढी विराटनगर– नेपालगञ्ज रुटमा ५४० रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौ– सिमराको ९० रुपैयाँले बढेको छ ।

National Life

यस्तै, अन्य उडान गन्तव्यहरुमा काठमाण्डौ– धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ– भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौ– सुर्खेत ३४५ र काठमाण्डौ– नेपालगञ्जको ३३० रुपैयाँले बढेको छ ।


नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् ।

Classic Tech Desktop

प्रतिकृया