आजको मौसम : आंशिक बदली
प्रकाशित मिति
२०७८ फाल्गुन १८ गते, बुधबार ०७:०१
१८ फागुन २०७८, काठमाडौँ : हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १ र बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहेको तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ। बुधबार प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशका पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतः सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग हल्का वर्षाको सम्भावना रहेको छ।








प्रतिकृया