• २२ भदौ २०८३, सोमबार
  • ९ः५३ बिहान

एमसीसीलाई बाँदरको घाउ नबनाउन बाबुराम भट्टराईकाे आग्रह

प्रकाशित मिति

२०७८ फाल्गुन १५ गते, आईतवार ०४:५७

५ फागुन २०७८ काठमाडौं : जसपाका सांसद डा।बाबुराम भट्टराईले एमसीसीलाई बाँदरको घाउ जस्तै बनाइएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिदै एमसीसीबारे सत्य बोल्नुपर्ने पनि बताए ।

National Life

‘एमसीसी सामान्य सम्झौता थियो तर अहिले यसलाई बाँदरको घाउ हुँदै अहिले क्यान्सरको अवस्थामा पुगेको छ’, भट्टराईले एमसीसीका कारण देशलाई कित्ताबन्दी गरेको भन्दै यसैगरी जाने हो भने हामी कहाँ पुग्छौ रु’ भनेर प्रश्न गरे ।


उनले बोल्दा आक्रमण हुने अवस्था आएको भन्दै २०१७ मा कम्प्याक्टको भासा र २०१९ मा गरिएको सम्झौताको भाषाले आफुलाई पनि कताकता घोच्ने गरेको बताए । ‘तर आधारभूत रुपमा हेर्दा त्यसमा हामीले आपत्ति गर्नुपर्ने विषय केही पनि छैन ।’ आफुले पटक–पटक पढेको भन्दै एमसीसीमा सबैले स्वीकार गर्नुपर्ने बताए ।

Classic Tech Desktop

उनले एमसीसीबारे लामो ब्याख्या गर्दै अलिकति अप्रिय भएपनि स्वीकार गर्न आग्रह गरे ।

प्रतिकृया