• २५ भदौ २०८३, बिहीबार
  • ८ः५७ राती

‘पुटिन हत्यारा हुन्’ भन्दै रुसमा विरोध प्रदर्शन

प्रकाशित मिति

२०७८ फाल्गुन १३ गते, शुक्रबार १०:५२

१३ फागुन २०७८,काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि युरोपमा सन् १९४५ यताकै अँध्यारो परिस्थिति निम्तिएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । ‘पुटिन हत्यारा हुन् १ पुटिनले रुसलाई लज्जित बनाएका छन्’, विरोध प्रदर्शनमा सहभागीले नाराबाजी गरेका थिए, ‘युक्रेन जिन्दावाद ! युक्रेन जिन्दावाद !

National Life

कतिपयले पुटिनलाई २१औं शताब्दीका ‘हिटलर’ भनेर उनको आलोचना गर्न थालेका छन् । रुसभित्रै उनले चालेको कदमको चर्को विरोध हुन थालेको छ । बिहीबार राति सेन्ट पिटर्सबर्गको प्रमुख सडकमा पुटिनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन भएको छ । अन्य सहरमा समेत युक्रेनमा भएको हमलाको विरोध भएको थियो ।


विरोध प्रदर्शनमा अधिकांश युवायुवती सहभागी थिए । उनीहरूले ‘रुस युद्धको खिलाफ रहेको’ र ‘पुटिन हत्यारा भएको’ भन्दै नाराबाजी गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘यो युद्ध कति लम्बिने भन्ने कुरा चिठ्ठा जस्तै हो’ एक प्रदर्शनकारीले भने, ‘यी व्यक्ति ९पुटिन० ले अब के गर्छन् भनेर कसैले अनुमान गर्न सक्दैन ।’


लामो समयदेखि युक्रेनसँगको तनावले युद्धको रुप लेला भनेर रुसीहरूले विश्वास गरेका थिएनन् । तर सैन्य कारबाही गर्ने पुटिनको घोषणापछि दोस्रो विश्व युद्धपछि कै ‘अँध्यारो अध्याय’ खोलेको भन्दै उनीविरुद्धको आक्रोश निकै बढेको छ ।


‘मसँग कुनै शब्द छैन, यसलाई घृणितमात्रै भन्न सकिन्छ’, सेन्ट पिटर्सबर्गको जुलुसमा सहभागी एक युवतीले अलजजिरासँग भनेकी छन्, ‘भन्ने कुरा के नै बाँकी रह्यो र रु हामीले निरिह र पीडाको महसुस गरेका छौं ।’ त्यस्तै, एक महिलाले युक्रेनको झण्डाको रंगमा सजिएका बेलुनसहित विरोधमा सहभागी भएकी थिइन् ।


रुसमा पुटिनविरुद्ध बिरलै प्रदर्शन हुने गर्छ । बिहीबारको प्रदर्शनले पछिल्लो परिस्थितिमा खासै परिवर्तन नहुने भए पनि यसले कतिपयलाई राहत दिएको छ । ‘मलाई यहाँ आउँदा कुनै लाज लागेको छैन’, एक पुरुषले भने, ‘आज बिहानको कुरा सुनेपछि भने निकै लाज लागेको थियो ।’


‘युक्रेन हाम्रो दुस्मन होइन’ भनेर नाराबाजी भइरहेका बेला प्रहरीले भने लाउड स्पिकरमा प्रदर्शनकारीलाई पक्राउ एवं कारबाही गरिने भन्दै वरपर हिडिरहेको थियो । सोही क्रममा प्रहरीले सैयौंलाई पक्राउ समेत गरेको समाचारमा उल्लेख छ ।


यसैबीच, मस्को, सेन्ट पिटर्सबर्ग, सामरा लगायतका शहरका नगर उप(प्रमुखले रुसी नागरिकलाई खुला पत्र लेख्दै युद्धमा सहभागी नहुन वा कुनै टिप्पणी नगर्न अनुरोध गरेका छन् । ‘जनताबाट चुनिएका हामी उप(प्रमुखले युक्रेनमा रुसी सेनाले गरेको हमलाको कडा भर्त्सना गर्छौं’, उक्त पत्रमा लेखिएको छ, ‘यो एउटा यस्तो असमान अत्याचार हो जसलाई कुनै पनि हिसाबले सही भन्न सकिँदैन ।’

प्रतिकृया