• २७ भदौ २०८३, शनिबार
  • ४ः५३ बिहान

प्रिमियरमा पल अनुपस्थित भएपछि रोइन् पूजा

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार ०८:३६

१२ फागुन २०७८, काठमाडौँ : फिल्म ‘म यस्तो गीत गाउछु २’ को प्रिमियरमा अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धुरुधुरु रोएकी छन् । बुधबार साँझ आयोजित प्रिमियरमा अभिनेता पल शाह उपस्थित हुन नसकेपछि आफ्नो फिल्म प्रति कसैको आँखा लागेको भन्दै उनी रोहेकी हुन् ।

National Life

अभिनेता पल शाह विरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी कार्यक्रममा सहभागी हुन नसक्दा पूजा निकै भाबुक देखिएकी थिइन् । कीर्तिपुरको पाँगामा नयाँ खुलेको फिल्म हल ‘कीर्तिपुर कप्लेक्स’ मा साँझ ५ः३० मा आयोजित प्रिमियर पलकै कारणले करिब दुई घन्टा ढिलो सुरु भएको थियो ।


थुप्रै कलाकर्मी र रंगपत्रकार सहभागी प्रिमियरमा सहभागीले फिल्म हेर्न धेरैले फिल्मको बिषयमा राम्रो प्रतिक्रिया दिएका थिए । ‘जोडी मनकामना जानुहुन्न भनेर बूढापाकाले भन्थे । हामी रियल नभएर रिल जोडी थियौ’ प्रिमियरपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूजाले भनिन् ‘भनाइ हाम्रा लागि सत्य भयो ।’ पूजाले ‘म यस्तो गीत गाउँछु २’ राम्रो फिल्म बनाउने कोसिस समेत गरेको सुनाइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

फिल्म निर्माणको समय लकडाउन, त्यसपछि रिलिजको समय फेरि हल बन्द भएको प्रसंग समेत सुनाउँदै पूजाले १३ गते फिल्म रिलिजको लागि आफु उत्साहित भएको बताइन् । ‘राम्रो फिल्म बनाएका छौं, दर्शकको साथ भए बाँच्छौँ’ उनले थपिन् । उनले फिल्म उद्योगमा धेरै संघर्ष गरेको समेत स्मरण गरिन् ।


सो अवसरमा फिल्म निर्माता समेत रहेका निर्देशक सुदर्शन थापाले पल शाहको विषयमा कानूनले निष्पक्ष न्याय दिने आस आफ्नो रहेको बताए । तीन बर्ष अगाडि नै निर्माण सम्पन्न भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको मुख्य भुमिका रहेको छ । फिल्म महाशिवरात्रिको छेको पारेर भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।

प्रतिकृया