• २५ भदौ २०८३, बिहीबार
  • ६ः३२ बेलुका

एन्फाको जिल्ला निर्वाचन अनिश्चितका लागि स्थगित

प्रकाशित मिति

२०७८ फाल्गुन ११ गते, बुधबार ११:४४

११ फागुन २०७८, काठमाडौं : यही फागुनमा गर्ने भनिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को जिल्ला निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको छ । एन्फा केन्द्रीय कार्यालय ललितपुरमा बिहीबार बसेको १७औं कार्यसमिति बैठकले निर्वाचन नियमावली तयार नभएको कारण देखाउँदै यही फागुन १५ देखि ३० गतेसम्मका लागि तय गरेको जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

National Life

‘एन्फा सदस्य संस्थाहरू मध्ये जिल्ला फुटबल संघहरुको निर्वाचन पूर्वनिर्धारित समय अनुसार २०७८ फागुन १५ देखि ३० गते भित्र सम्पन्न गर्नको निम्ति पत्राचार गरिएकोमा प्रविधिक कारणवश जिल्ला फुटबल संघहरुको निर्वाचन स्थगन गर्नु पर्ने भएकोले सचिवालयबाट अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय पारित गरियो ।’ एन्फा महासचिव इन्द्रमान तुलाधरबाट जारी विज्ञप्तिमा भनिएको छ ।


एन्फाले आगामी जेठ १५ गते निर्वाचन गर्ने निर्णय गरिसकेको छ । तर जिल्ला निर्वाचन नै स्थगित भएपछि संघको निर्वाचनसमेत प्रधावित हुन सक्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै निर्वाचन निर्देशिकाको पूर्ण मस्यौदा फिफा र एएफसीबाट अनुमोदन भै नआएकोको एन्फाको विशेष साधारण सभा पटक-पटक स्थगित भएको जनाउँदै एन्फा निर्वाचन निर्देशिकाको पूर्ण मस्यौदा फिफा तथा एएफसीबाट अनुमोदन भए पश्चात बस्ने संघको आपतकालिन बैठकबाट एन्फा एक्ट्राअर्डिनरी कंग्रेस (विशेष साधारण) सभा बैठकको मिति निर्धारण गर्ने निर्णय समेत गरेको एन्फाले जनाएको छ ।


यस्तै एन्फाको निर्वाचन निर्देशिका मस्यौदा समितिबाट प्रस्तावित निर्वाचन निर्देशिका मस्यौदा फिफा र एएफसीमा पत्राचार गरी अनुमोदन भए पश्चात लागू गर्न आवश्यक छलफल भैरहेको र केहि बुँदाहरूमा संशोधन तथा निर्देशन प्राप्त भएकोले उक्त मस्यौदामा थप छलफल र संशोधन गरी अन्तिम पूर्ण मस्यौदा प्राप्त भए पश्चात तीन दिनभित्र संघको आपतकालिन बैठक बसी उक्त बैठकबाट पारित गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया