• 11:59 am

र्‍यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा

प्रकाशित मिति

२०७८ फाल्गुन १० गते, मंगलवार ०५:१८

१० फागुन २०७८, काठमाडौं : र्‍यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा भएका छन् । एसपी रमेश थापाको अनुसार जिल्ला अदालत कास्कीले उनलाई ५० हजार धरौटीमा छाड्ने आदेश गरेको हो । लाउरे लागूऔषधसम्बन्धी मुद्दामा गत १४ पुसमा पक्राउ परेका थिए ।


उनीसँगै पक्राउ परेका नबिन कुमार गुरुङ, ध्रुवबहादुर थापा र सुस्मिता गुरुङलाई न्यायधीस बाबुराम सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।


लागूऔषध खैरो हेरोइन कारोबार गरेको अभियोगमा प्रहरीले लाउरेसहित ४ जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो । लाउरेले पछिल्लो समय रियालिटी सो हिमालयन रोडिजको निर्णायकमा रहेका थिए । त्यही रियालिटी सोका क्रममा नेपालका पूर्वी सहरहरुमा पुगेर उनी पोखरा फर्किएका थिए ।

प्रतिकृया