ए डिभिजन लिगः पुलिस र एपीएफबीचको खेलमा बराबरी
प्रकाशित मिति
२०७८ फाल्गुन १० गते, मंगलवार ०४:४२
१० फाल्गुन २०७८, काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार भएको नेपाल पुलिस क्बल र एपीएफबीचको खेल बराबरीमा भएको छ । दशरथ रंगशालामा भएको खेलको पहिलो मिनेटमै गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले लिगमा विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

पुलिसका लागि सुमन लामा र एपीएफका लागि प्रदीप लामाले गोल गरे । पुलिसका सुमनले पहिलो मिनेटमै अग्रता दिलाए भने खेलको ४१ मिनेटमा एपीएफले बराबरी गोल ग¥यो । उसका प्रदीप लामाले डिबक्स बाहिरबाट गोल गरे ।
बराबरीपछि पुलिस र एपीएफ यथास्थानमै रहे । पुलिस १२ खेलबाट ११औँ स्थानमै छ भने समान खेलबाट एपीएफ आठौं स्थानमा छ । आजै हुने १२ औँ चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगको १२ औँ चरणको सकिँदा मछिन्द्र फुटबल क्लब च्याम्पियन भइसकेको छ । यता, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब दोस्रो डिभिजनमा घटुवा भइसकेका छन् ।



प्रतिकृया