• १६ असोज २०८३, शुक्रबार
  • ३ः५० राती

सिटीमाथि स्पर्सको नाटकीय जीत

प्रकाशित मिति

२०७८ फाल्गुन ८ गते, आईतवार ०७:४४

८ फागुन २०७८ एजेन्सी : ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि साबिक विजेता म्यानचेस्टर सिटी टोटनहम हटस्पर्ससँग पराजित भएको छ । शनिबार राति भएको खेलमा स्पर्स ३-२ गोलले विजयी भएको हो ।

National Life

खेलमा डेजान कुलुभेस्कीले स्पर्सलाई चौथो मिनेटमा नै अग्रता दिलाएका थिए । तर ३३ औँ मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा केनले पुनः सिटीलाई अग्रता दिलाए । स्पर्स जीततर्फ अघि बढिरहेका बेला इन्जुरी समयमा सिटीले पेनाल्टी पायो । जसलाई रियाद महारेजले गोलमा परिणत गरे ।


तर, ९५ औँ मिनेटमा केनले गोल गर्दै स्पर्सलाई जीत दिलाए । योसँगै लिगमा स्पर्सको लगातार हारको शृङ्खलामा पूर्णविराम लागेको छ । २६ खेलपछि शीर्ष स्थानमा रहेको सिटीको ६३ अङ्क रहेको छ भने २३ खेल खेलेको स्पर्सको ३९ अङ्क रहेको छ । स्पर्स लिगको सातौँ स्थानमा सीमित छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया