• १७ असोज २०८३, शनिबार
  • ६ः०७ बिहान

भक्तपुरमा आजदेखि तीनदिन प्रजातन्त्र दिवस मनाइने

प्रकाशित मिति

२०७८ फाल्गुन ६ गते, शुक्रबार ०४:१४

६ फागुन २०७८, काठमाडौं : भक्तपुरमा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रममा गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा फागुन ६, ७ र ८ गते सिर्जनात्मक एवं रचनात्मक विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको हो ।

National Life

यस अवसरमा आइतबार भक्तपुरमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । बिहीबार बसेको प्रजातन्त्र दिवस जिल्लास्तरीय समितिको बैठकले बृहत् रक्तदान आयोजना गर्ने निर्णय गरेको हो ।


जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा प्रजातन्त्र दिवससम्बन्धी सन्देश, सूचना, अन्तक्र्रिया, छलफल तथा बहस कार्यक्रम प्रकाशन तथा प्रसारण गरिने भएको प्रजिअ शर्माले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया