• १९ असोज २०८३, सोमबार
  • ४ः३७ बेलुका

एमालेको अवरोधका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन संसदमा पेश

प्रकाशित मिति

२०७८ फाल्गुन ६ गते, शुक्रबार ०३:०५

६ फागुन २०७८, काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७र७८ पेश भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७र७८ पेश गरेका हुन् ।

National Life

शुक्रवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदको अवरोध जारी राखेको छ । बैठकमा एमाले सांसदहरुले पक्षपातपूर्ण व्यवहार मुर्दावाद, संवैधानिक सर्वोच्चता कायम गर, पदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र गर्न पाइदैन, गैर सांसदलाई बैठकमा प्रवेश निषेध गर, हाम्रो बिरोध जारी छ लगायतका नाराबाजी गरी सदनको अवरोध कायमै राखेका थिए ।

प्रतिनिधि सभाको आगामी बैठक फागुन ८ गते आइतवार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया