• २२ भदौ २०८३, सोमबार
  • १२ः४५ राती

प्रधानमन्त्री देउवाले भने–‘‘एमसीसी शुक्रबार संसद्मा टेबुल हुन्छ, अब ब्याक हुन्नँ”

प्रकाशित मिति

२०७८ फाल्गुन ४ गते, बुधबार ०६:५९

४ फागुन २०७८, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते (शुक्रबार) बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने बताएका छन् । गृहमन्त्री बालकृष्ण खाँणसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले एमसीसी आजै टेबुल गर्ने तयारी भएपनि सहमतिको लागि भोलि एक दिनको समय लिएको बताएका थिए । उनले अब बस्ने बैठकमा भने कुनैपनि हालतमा एमसीसी टेबुल गर्ने अडान लिएका छन् ।

National Life

प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणसँग भनेका छन्–‘एमसीसी आजै टेबुल गर्ने कुरा थियो, तर सहमतिको लागि भोलि एक दिन छलफल हुन्छ, सहमति भएपनि वा नभएपनि अब बस्ने बैठकमा भने एमसीसी टेबुल हुन्छ, अब म ब्याक हुन्नँ । यो विषयमा संसद्मा छलफल होस भन्ने म चाहन्छु ।’


संसद् बैठक बस्नुअघि आजमात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्तापछि प्रधानमन्त्री देउवाले आजको बैठकमा एमसीसी टेबुल नगर्नेबारे सहमति जनाएका थिए । भोलि नै प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग यो विषयमा छलफल गर्ने बताइएको छ ।

Classic Tech Desktop

प्रतिकृया