‘आइएमई पे’मा एभरेष्ट बैंकको खाता लिंक गर्न मिल्ने
प्रकाशित मिति
२०७८ फाल्गुन २ गते, सोमबार ०६:३६
२ फागुन २०७८, काठमाडौँ : आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पेमा एभरेष्ट बैंक लिंक गर्न मिल्ने भएको छ । दुई कम्पनीबीचको सम्झौतापछि आईएमई पेमा एभरेष्ट बैंक लिंक गर्न मिल्ने भएको हो ।
डिजिटल सहजताको निम्ति गरेको यस सम्झौतापछि उपभोक्ताले आइएमई पे मोबाईल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गर्न सक्नेछन् । हालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फर लगायतका फाइदाहरू रहेका छन् ।
आइएमई पेमा बैंक लिंक गरेपछि उपभोक्ताले आफ्नो सुविधा अनुसार एभरेष्ट बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने गरी सिस्टमलाई अद्यावधिक गरिएको छ । यस्तै, आइएमई पेमा बैंक लिंक गरेपछि उपभोक्ताले सिधै आइएमई पेको पिन नम्बर राखेर पैसा पठाउन वा सार्न मिल्ने बताइएको छ ।
यसका अतिरिक्त आफ्नो एभरेष्ट बैंकमा रहेको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न समेत सकिने छ ।
प्रतिकृया