• १९ असोज २०८३, सोमबार
  • १०ः३९ बिहान

हट्यो स्मार्ट लकडाउन, खुल्यो सवै क्षेत्र

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार १०:५२

१ फाल्गुन २०७८, काठमाडौं : एक महिनादेखिको स्मार्ट लकडाउन आजदेखि हटेको छ। कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै जारी गरिएको बन्दाबन्दी खुलेसँगै आजदेखि शैक्षिक संस्थादेखि रात्रिकालीन व्यवसाय सवै खुल्ला भएका छन् ।

National Life

रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुने छन् । डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी राति १० बजेसम्म सञ्चालन हुन दिने कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस थियो।


सिसिएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई गत साता सिफारिस गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको थियो ।


त्यस्तै, खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ ।

प्रतिकृया