• १८ असोज २०८३, आइतबार
  • ८ः३५ बिहान

संसद बैठक प्रधानमन्त्रीले सारे, बदनाम मेरो भयो : प्रचण्ड

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार १०:३८

१ फाल्गुन २०७८, काठमाडौं : नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिनिधिसभा बैठक स्थगित गरेको भनेर बदनाम गरिएको गुनासो गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक सारिए पनि आरोप भने आफुलाई लागेको बताएका हुन् ।

National Life

२७ औं ‘जनयुद्ध दिवस’को अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा बैठक आफनो आदेश र निर्देशनमा नभई प्रधानमन्त्रीको आग्रहमा स्थगित गरिएको प्रस्ट्याएका हुन् ।


‘प्रचण्डको निर्देशनमा पहिला ६ दिन अनि अहिले १० दिन स्थगित गरिएको भनेर झुटो प्रचार गरियो, हिजो प्रधानमन्त्रीजीले मसँगको भेटमा मैले बैठक रोके तपाईँको नाम जोडियो भनेर भन्नुभयो।’। ’प्रचण्डले भने, ‘प्रचण्डलाई बदनाम गराउन अझै पनि लागिरहेका छन्।’

Classic Tech Mobile
Classic Tech Desktop

हिजो सञ्चारमन्त्रीले आफ्नै अगाडी सभामुखलाई फोन गरेर बैठक स्थगित गराउन लगाए पनि प्रचार भने प्रचण्डको नाममा भएको उनले बताए।

प्रतिकृया