सभामुखले एमसीसी रोक्न पाउँदैनन् : ओली
प्रकाशित मिति
२०७८ माघ २८ गते, शुक्रबार ०३:२०
२८ माघ २०७८, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् । एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले उक्त अभिब्यक्ति दिएका हुन् ।

सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको कुरा रहेको ओलीले बताएका छन् । ‘पेश नगरी रोक्छु भन्ने सभामुखको अधिकार छैन, यो उनको कर्तव्य होइन, उनले अनधिकृत ढंगले काम गर्न पाउँदैनन्’ ओलीले भने ।
संसदले के गर्छ आफ्नै ठाउँमा छ । तर संसदलाई त्यो अधिकार नदिने कुरा अनधिकृत हो’ उनले भने ।

अध्यक्ष ओलीले एमसीसीका विषयमा मुलुकलाई गम्भीर भूराजनीतिक द्वन्द्वमा फसाइएको बताए । उनले सत्तारुढ गठबन्धनका नेताले फरक फरक धारणा राख्ने, एमसीसी र नेपाली नागरिकसँग फरक फरक कुरा गर्ने गरिएको भन्दै आलोचना गरे ।



प्रतिकृया