• २२ भदौ २०८३, सोमबार
  • १२ः०१ दिउँसो

दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो, शुक्रबारबाट लागु हुने

प्रकाशित मिति

२०७८ माघ २७ गते, बिहीबार ०३:०२

२७ माघ २०७८, काठमाडौं : सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ । बढेको मूल्य शुक्रबारदेखि लागू हुने भएको छ । संस्थानको बुधबार बसेको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको बोर्ड स्रोतले जनाएको छ ।

National Life

मूल्य बृद्धिसंगै अब काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । यस्तै, वुटवल भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ । यस अघि काठमाडौंमा ७६, वुटवल भैरहवामा ७२ र नेपालगन्ज क्षेत्रमा दूधको प्रतिलिटरमूल्य ७० रुपैयाँ थियो ।

प्रतिकृया