• 10:58 pm

आज बिहिबारदेखि मुलुकभर मौसम सुधार

प्रकाशित मिति

२०७८ माघ २७ गते, बिहीबार ०८:४१

२७ माघ २०७८ काठमाडौँ : आज बिहिबारदेखि मुलुकभर मौसम सुधार हुने मौसमविद्ले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ। बासीका अनुसार आज काठमाडौँसहित देशका अधिकांश स्थानमा घाम देखिने सम्भावना रहेको छ।


‘मुलुकमा वर्षा र हिमपात गराउने न्यून चापीय प्रणाली कमजोर भइसकेको छ, आज घाम-बादल, घाम-बादल हुने देखिन्छ, अब २-३ दिन मौसम आंशिक बदली हुने र क्रमशः मौसममा सुधार आउँछ’, उनले भनिन्। बासीका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी रहेकाले यतिबेला सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म तथा देशका बाँकी स्थानमा आंशिक बदली रहेको छ।


प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागका एकरदुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बासीका अनुसार आजभन्दा भोलि अलि बढी बदली हुने सम्भावना रहेको छ।

प्रतिकृया