• २० भदौ २०८३, शनिबार
  • १ः४८ राती

विश्वभर कोरोना संक्रमित निको हुनेको संख्या बढ्दै

प्रकाशित मिति

२०७८ माघ २५ गते, मंगलवार ०९:२१

२५ माघ २०७८, काठमाडौँ : विश्वभर नयाँ कोरोना संक्रमित थपिनेभन्दा निको हुने संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १७ लाख ४९ हजार नयाँ संक्रमित थपिएका छन् भने २४ लाख ५८ हजार ६३६ जना निको भएका छन्। कोरोनाको तथ्यांक अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ३९ करोड ७८ लाख ७६ हजार नाघेको छ। यस्तै ३१ करोड ७३ लाख ६० हजारभन्दा बढी निको भएका छन्।

National Life

२४ घण्टामा ७ हजार ८ सय संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५७ लाख ६७ हजार पुगेको छ। अझै पनि ७ करोड ४७ लाख सक्रिय संक्रमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको छ। बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।


नेपालको अवस्था के छ ?
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार १ सय ४६ जना निको भएका छन्। संक्रमितमध्ये हालसम्म ९ लाख १५ हजार ४८९ जना निको भएका छन्।

Classic Tech Desktop

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ। सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ रहेको छ।

प्रतिकृया