• 9:05 pm

मंगलबार विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ माघ २५ गते, मंगलवार ०६:४७

२५ माघ २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।


यस्तै युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ १७ पैसा र बिक्री दर १३६ रुपैयाँ ८५पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १६ पैसा र बिक्री दर १६१ रुपैयाँ ९७ पैसा छ। स्वीस फर्याङ्क एकको खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ५९ पैसा र बिक्री दर ८४ रुपैयाँ १ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ८ पैसा छ।


प्रतिकृया