अवरुद्ध विद्युत् र सञ्चार सेवा सुचारु
प्रकाशित मिति
२०७८ माघ २४ गते, सोमबार ०७:३९

२४ माघ २०७८, काठमाडौँ : गत विहीबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध म्याग्दीको धौलागिरि गाउँपालिका –१ गुर्जाको विद्युत् र सञ्चार सेवा सुचारु भएको छ ।
स्थानीयवासीको सहयोगमा विद्युत् र सञ्चारका उपकरणको मर्मत पछि ती सेवा तीनदिनपछि पूर्ववत् सञ्चालन भएका धवलागिरि –१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए। उनका अनुसार यही माघ २० गते विहानैदेखि गुर्जामा हिउँले ती उपकरणमा क्षति पुर्याए पछि सेवा अबरुद्ध भएको थियो ।
विद्युत् सेवा सुचारुसँगै मोबाइल र इन्टरनेट सेवा समेत सुचारु भएका छन् । गुर्जा क्षेत्रमा अझैसम्म तीन फिटभन्दा बढी हिउँ जमेको उनले जानकारी दिए । यसैगरी हिमपातका कारण अवरुद्ध भएको लुलाङदेखि गुर्जा जाने पदमार्ग पनि खुलाउने प्रयास भैरहेको उनले बताए ।
Related
Recent News
- तीन चिनियाँ अन्तरिक्ष यात्री तियानगोङ अन्तरिक्ष स्टेसन पुगे
- आइपिएलमा आज चेन्नई र सनराइजर्स आमनेसामने
- आज भूकम्प स्मृति दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
- आजको मौसम कस्तो रहनेछ ?
- प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै
- संसदको बजेट अधिवेशन आजदेखि शुरु, यस्तो छ कार्यसूची
- नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ
- भारतले प्रत्येक आतंककारी र उनीहरूलाई समर्थन गर्नेहरूलाई पनि पहिचान गर्नेछ र दण्ड दिनेछ- मोदी
- नेप्से परिसूचक ३ अंकले बढेर बन्द भयो बजार, कारोबार पौने ८ अर्ब बढी
- मुस्ताङमा कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया