• २२ भदौ २०८३, सोमबार
  • ५ः४१ बेलुका

सोमबार विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ माघ २४ गते, सोमबार ०७:३०

२४ माघ २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलरको विनिमय दर स्थिर छ।अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ २ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

National Life

यस्तै युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ४९ पैसा र बिक्री दर १३७ रुपैयाँ १ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ १२ पैसा छ। स्वीस फर्याङ्क एकको खरिद दर १२८ रुपैयाँ ८० पैसा र बिक्री दर १२९ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३७ पैसा र बिक्री दर ८४ रुपैयाँ ८० पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ८६ पैसा छ। जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३५ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३ पैसा र बिक्री दर १ रुपैयाँ ९२ पैसा रहेको छ।

Classic Tech Desktop

साउदी अरेबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७१ पैसा रहेको छ। यसैगरी मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६७ पैसा रहेको छ। कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९५ पैसा र बिक्री दर १० रुपैयाँ कायम भएको छ।


यसैगरी हङ्कङ् डलर एकको खरिददर १५ रुपैयाँ ३१ पैसा र बिक्री दर १५ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ४९ पैसा र बहराइन दिनार एकको खरिद दर ३१६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१७ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया