• 1:52 pm

अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगललाई

प्रकाशित मिति

२०७८ माघ २४ गते, सोमबार ०६:४५

२४ माघ २०७८, एजेन्सी : अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ। आइतबार राति भएको खेलमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक उपाधि उचालेको हो। निर्धारित ९० मिनेट र थप गरिएको समयमासमेत दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।


पेनाल्टीमा इजिप्तलाई ४-२ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो। सेनेगलको लागि साडियो मानेले गरेको गोल नै निर्णायक बन्यो।

प्रतिकृया