• २५ भदौ २०८३, बिहीबार
  • ४ः५३ बिहान

यथास्थितिमा एमसीसी संसदमा टेबुल भए राप्रपाले विपक्षमा मतदान गर्छ : महामन्त्री पाठक

प्रकाशित मिति

२०७८ माघ २३ गते, आईतवार ०५:११

वर्तमान सरकार सबै कुरामा असफल भयो

National Life

२३ माघ २०७८, काठमाडौं : राप्रपाका महामन्त्री भुवन पाठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् । उनले भने,‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । एमसीसी सम्झौतामा भएका केही दफाहरु विवादित छन्, राष्ट्रिय अखण्डतामा प्रभावित पार्ने खालका छन् । त्यसैले यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । र, यथास्थितिमा एमसीसीबारे संसद्मा मतदान भयो भने राप्रपाले विपक्षमा मतदान गर्छ ।’


आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महामन्त्री पाठले यस्तो बताएका हुन् । उनले पार्टी कुनैपनि हालतमा नफुट्नेसमेत दाबी गरे । उनले भने,‘निवर्तमान अध्यक्ष कमल थापाले केही माग राख्नुभएको छ । ती मागबारे पार्टीभित्र अनौपचारिक रुपमा छलफल जारी छ । हिजो बिहान निवर्तमान अध्यक्ष कमल थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको छ। यो आईसब्रेक भएको छ । कसरी मिलेर जाने भन्ने विषयमा उहाँहरुबीच छलफल भएको छ । अब पार्टी विभाजन हुने सम्भावना छैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पाठकले अब पार्टी एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने बताएका छन् । उनले भने,‘राप्रपा फुद्दैन भन्ने आाधार त लामो समयपछि निवर्तमान अध्यक्ष थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । यो त आईसब्रेक भयो । उहाँहरुबीच सम्वाद प्रारम्भ भयो । पार्टीका सबै तह र तप्काका साथीहरुले पनि पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पक्षमा र्छौं । अब हामीले स्थानीय तहको निर्वाचनको मिति घोषणा भयो भने पार्टीको अर्जुनदृष्टि निर्वाचनमा राख्छौं ।’


पत्रकार धमलाले निवर्तमान अध्यक्ष कमल थापाले त महाधिवेशनमा नर्मल निवासको हस्तक्षेपबारे छानबिनको माग गर्नुभएको छ ? छानबिन हुन्छ कि हुँदैन् ? भन्नेबारे प्रश्न राखेकोबारे उनले भने,‘अहिले पूर्व अध्इक्ष र वर्तमान अध्यक्षबीच सम्वाद प्रारम्भ भएको छ । उहाँहरुको बीचमा फेरि पनि भेटवार्ता हुनसक्छ। केही न केही निश्कर्ष निस्किन्छ । पार्टी विभाजन हुने सम्भावना छैन् । सबै पक्ष मिलेर जाने वातावरण बनिरहेको छ ।’


पाठकले वर्तमान पाँच दलीय गठबन्धनको सरकारको ६ महिना पूरा असफल भएको टिप्पणी गरेका छन् । उनले भने,‘यो सरकारले ६ महिना पूरा गरेको छ। यो सरकारको विश्लेषण गर्दा हरेक पक्षमा यो सरकार असफल भएको छ । महँगी र भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको छ । शान्ति सुरक्षा कायम गर्ने विषयमा पनि असफल भएको छ । रोजगारी सिर्जाना गर्न पनि असफल भएको छ । देशको आर्थिक स्थिति अहिले कमजोर छ । मुलुकको आर्थिक अवस्था अहिले डरलाग्दो मोडमा पुगेका देखिन्छ । पुँजीगत खर्च भएको छैन् । शोधान्तार घाटा बढ्दै गएको छ । विदेशी सहयोग घटेको छ । अहिले आर्थिक सुचक नकारात्मक छन् । मूल्यवृद्धि झण्डै ७ प्रतिशतदेखि कतिपय कुरामा १४–१५ प्रतिशतसम्म भएको छ । आर्थिक वृद्धि २ प्रतिशतभन्दा पनि घटेको छ। अहिले देशको आर्थिक अवस्था डरलाग्दो अवस्थामा छ ।’


उनले देश विदेशमा रहेका नेपाली श्रमिकहरुले पठाएको रेमिट्यान्सबाट धानिरहेको अवस्था सुनाए । उनले भने,‘अहिले त्यो पनि क्रमशः घटिरहेको छ। रेमिट्यान्स बैंकिङ च्यानलबाट आएको छैन् । सरकारले अहिलेको समस्या समाधानको लागि पहल गरेको छैन, बास्तवमा सरकार र अर्थमन्त्रीले यसको लागि प्रयास गरेको देखिएको छैन् ।’


मुलुक स्थानीय तहको निर्वाचनको संघारमा रहेको सुनाए । उनले भने,‘स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने भनेर भनिएको छ। प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा यो कुरा आएको छ, तर औपचारिक रुपमा आएको छैन् । निर्वाचनको लागि पनि आयोगले तयारी गरिरहेको कुरा छ, कतै शंका र उपशंका छ । एमसीसीको चपेटामा यो सरकारले स्थानीय तहको निर्वाचन नगर्ने हो कि भन्ने देखिन्छ । एमसीसी पास गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ । तर, माओवादी र नेकपा (एकीकृत समाजवादी) पारित गर्ने पक्षमा छैनन् । उनीहरुले यदि एमसीसी पारित गर्ने प्रयास गरियो भने हामी विपक्षमा जान्छौं भनेको अवस्था छ । समग्रमा हेर्दा सरकारको गतिविधि सकारात्मक देखिँदैन् । यो पनि दुर्भाग्यपूर्ण छ।’
पाठकले स्थानीय तह निर्वाचन परिचालनसम्बन्धी समितिको आफू संयोजक भएको उल्लेख गर्दै अब हुने स्थानीय तहको निर्वाचनमा पार्टीले सबै तहको निर्वाचनमा भाग लिने जनाए । उनले भने,‘निर्वाचनमा कोसँग तालमेल हुने भन्ने कुरा भविष्यको विषय हो ।’

प्रतिकृया