• २३ भदौ २०८३, मंगलबार
  • ४ः५२ बेलुका

वर्षा र हिमपातसँगै बढ्यो चिसो, कहाँ कति पानी पर्‍यो ?

प्रकाशित मिति

२०७८ माघ २२ गते, शनिबार ०८:१३

२२ माघ २०७८, काठमाडौँ : वर्षा र हिमपात भएसँगै देशभर चिसो बढेको छ। वर्षा र हिमपात भएपछि देशभर न्यूनतमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिजो डडेलधुराको अधिकतम तापक्रम नै ०.८ डिग्री सेल्सियसमा झरेको छ। त्यहाँको न्यूनतम तापक्रम माइनस ०.६ डिगी सेल्सियस मापन गरिएको छ। हिजो २७ दशमलव ४ मिलिमिटर पानी परेको छ।

National Life

यस्तै जुम्लाको अधिकतम तापक्रम २.२ डिग्री र न्यूनतम तापक्रम माइनस १.० डिग्री मापन गरिएको छ। जुम्लामा ५०.७ मिलिमिटर पानी परेको छ। यसैगरी लुम्लेको अधिकतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन हुँदा न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ। देशका अधिकाशं स्थानको न्यूनतम तापक्रम १४ डिग्रीभन्दा कम मापन गरिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिजो सबैभन्दा धेरै नेपालगन्जमा ६४.८ मिलिमिटर पानी परेको छ।


यस्तै विरेन्द्रनगरमा ५२.२ मिलिमिटर, जुम्लामा ५०.७ मिलिमिटर, दिपायलमा ४८.६ मिलिमिटर र काठमाडौंमा ४१.९ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ। आज दिउँसो पनि वर्षा र हिमपात हुने भएकाले चिसो अझै बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन्। उनका अनुसार बिहीबार रातिदेखि वर्षा र हिमपात गराएको प्रणाली कमजोर हुँदै गएकाले शनिबार बेलुकीदेखि भने पानी र हिउँ पर्न कम हुँदै जाने सम्भावना छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया