• 12:06 am

बेहुली लिएर फर्कँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ माघ २२ गते, शनिबार ०८:०७

२२ माघ २०७८, काठमाडौँ : प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नौ बहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बेहुलासहित सात जना घाइते भएका छन् । जीप खोल्सामा खसेको थियो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थापाले बताए ।

प्रतिकृया