राजश्व चुहावटको आरोपमा १८ करोड बिगो दाबीसहित चार जना विरुद्ध मुद्दा दायर
प्रकाशित मिति
२०७८ माघ २१ गते, शुक्रबार ०६:५६
२१ माघ २०७८, काठमाडौँ : राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरेको छ। विभागले काठमाडौँको ब्रिङ मिडिया डिष्ट्रिव्यूसनका सञ्चालक सहित चार जना विरुद्ध १८ करोड २७ लाख रुपैयाँ भन्दा बढी बिगो माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले काठमाडौँ महानगरपालिका वडा नं ७ चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालीका सञ्चालक चन्द्र्बहादुर अधिकारी, व्यवस्थापक सुरेन्द्र क्षेत्री, व्यवस्थापक सुमन क्षेत्री र काठमाडौं महानगरपालिका वडा नं १० बस्ने स्टार ईण्डिया प्रालि भारतका आधिकारीक बिक्रेता जुपिटर मिडिया प्रालि, भारतका प्रोप्राईटर अञ्जली अरोराविरुद्ध १८ करोड २७ लाख ८३ हजार रुपैयाँ बिगोसहित मुद्दा दायर गरेको हो । राजश्व चुहावट गर्ने यी चार जना विरुद्ध ३६ करोड ५५ लाख ६७ हजार रुपैयाँ सजायको माग दाबी समेग गरेको विभागले जनाएको छ ।

ब्रिङ मिडिया डिष्ट्रिव्यूसन स्था.ले.नं. ६०४३६१५२१० ले विभिन्न फर्मरकम्पनीहरु बस्तु तथा सेवा वेगरको कर विजक मात्र लिएको आरोप छ । यससंगै आफूले ब्यवसायिक रुपमा गरेका सम्झौता अनुसारको प्राप्त हुने ब्यवसायिक आयलाई लुकाई छिपाई बास्तविक कारोबारमा समावेश नगरी, ब्यवसायिक कारोबारका लागि प्रालिको नाममा खोलिएका बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी देखाउनु पर्ने बास्तविक कारोबार नदेखाई र नपाउने खर्च समेत दावी गरी मूल्य अभिबृद्धि कर तर्फ क्रेडिट दाबी र आयकर तर्फ खर्च दाबी गरी मूल्य अभिबृद्धि कर तथा आयकर छली गरेको विभागको आरोप छ ।





प्रतिकृया