• ४ साउन २०८३, सोमबार
  • १:४७ बिहान

एशियन लाईफ इन्स्योरेन्सको तेह्रौ वार्षिक साधारण सभाले लाभांश पारित गर्याे

प्रकाशित मिति

२०७८ माघ २१ गते, शुक्रबार ०६:४३

२१ माघ २०७८, काठमाडाैँ : एशियन लाईफ इन्स्योरेन्सको तेह्रौ वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले ५०,२६,९०,१८१.८५ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र २ प्रतिशत नगद लाभांश (बोनश शेयरको कर प्रयोजनको लागी) वापत ४,०२,१५,२१४.५५ रुपैयाँ वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।


संचालक समितिको तर्फबाट अध्यक्ष दिपककुमार श्रेष्ठले पेश गरेको आ.व.२०७६/०७७को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ । एशियन लाईफ इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लि।मा सामूहिक लगानी कोष संचालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृती लिने निर्णय पारित गरेको छ । कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेप्रस्ताव साधारण सभाको बहुमतबाट पारित भएको छ ।

Kamana Sewa

साधारणसभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ ।

Classic Tech Desktop

२०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको २०७८ सालपौष मसान्त सम्ममा ३० अर्ब रुपैयाँ जीवनबीमा कोष र करिब ३० अर्ब रुपैयाँ लगानी तथा कर्जा रहेको छ । त्यसैगरी कम्पनीले आ.व. २०७८/७९ को पौष मसान्तसम्ममा कूल  १ अर्ब ६ करोड २४ लाख रुपैयाँ प्रथम बीमा शुल्क र ३ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ४७ वटा शाखा तथा १०३ वटा उपशाखाहरुबाट जीवन बीमा सेवाप्रदान गर्दै आईरहेको छ । ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २६ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

प्रतिकृया