• 9:30 pm

टावरमा समस्या आएपछि गौतम बुद्ध विमानस्थल बन्द

प्रकाशित मिति

२०७८ माघ २१ गते, शुक्रबार ०७:१०

२१ माघ २०७८, काठमाडौँ : टावरमा समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलनजिक चट्याङ परेका कारण टावरमा समस्या आएको हो । शुक्रबार वर्षा र हावासँगै विमानस्थलनजिकै चट्याङ परेको थियो ।


टावरमा समस्या देखिएपछि अपराह्नदेखि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार करिब चार बजे परेको चट्याङ्गका कारण टावरमा धुँवा आएको थियो ।


यसका साथै टावरको तार चुँडिएको र रन वेको पापी (पीएपीआई) लाइट बिग्रेपछि विमानस्थल बन्द गर्नु परेको दाहालले जानकारी दिए । विमानस्थल बन्द भएपछि यात्रुलाई समस्या भएको छ ।

प्रतिकृया