• २६ भदौ २०८३, शुक्रबार
  • १२ः०४ राती

प्रतिकूल मौसमको कारण जनमत पार्टीको राजमार्ग केन्द्रित आन्दोलन स्थगित (निर्णयसहित)

प्रकाशित मिति

२०७८ माघ २१ गते, शुक्रबार ०१:३१

२१ माघ २०७८, काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीकाे पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित भएको छ । पार्टीका महासचिव श्रीचन्दन सिंहका अनुसार यस पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बिहीबार रातिदेखि सुरु भएको वर्षा एक सातासम्म रहने भन्दै राजमार्ग केन्द्रित आन्दोलन रोकेर पालिका केन्द्रित गर्ने निर्णय गरेको हो ।

National Life

मौसमको प्रतिकूलतामा यात्रुको विचल्ली हुने भन्दै राजमार्ग केन्द्रित आन्दोलनलाई रोकेर मौसमले साथ दिएअनुसार गाउँपालिका रनगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने पार्टीले निर्णय गरेको सिंहले बताए ।


यस्ता छन् जनमत पार्टीको निर्णय

Classic Tech Mobile
Classic Tech Desktop

१) २०७८ माघ २ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट माघ २० गतेसम्मको लागि किसान आन्दोलनका विभिन्न कार्यक्रमहरू तय भएकोमा सो आन्दोलनका कार्यक्रमहरूलाई भव्यताका साथ सम्पन्न गरेकोमा हामी हृदयदेखि सम्पूर्ण नेता, कार्यकर्ता, स्वयंसेवक तथा आमजनतालाई धन्यवाद दिन चाहन्छौं।


२) २०७८ माघ २० गते रातिबाट नेपालमा आँधीबेरी, असिना र वर्षासहित मौसम अति प्रतिकूल हुन आएको र यस्तो मौसम करिब एक सप्ताह लम्बिने पूर्वानुमान रहेकाले लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिएअनुसार गाउँपालिकारनगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्नहुन अनुरोध छ। त्यसअन्तर्गत किसानहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र अरू पार्टी तथा संघसंगठनबाट समर्थन लिने खालका कार्यक्रमहरू गर्न हुन अनुरोध छ।


३) मौसममा सुधार भएपछि २०७८ फागुन १ गतेदेखि आन्दोलनको कार्यतालिका अर्को बैठकबाट निर्णय गरिने छ।


४) किसान आन्दोलनमा समर्थन तथा ऐक्बयद्धता जनाई सहयोग गर्नुहुने सबै संघ–संगठन, स्थानीय तह तथा विभिन्न पार्टीका नेताहरूमा हामी हार्दिक आभार प्रकट गर्दछौं ।

प्रतिकृया